जापानमा कबड्डी ४ टोकियो सहित २० शहरमा प्रदर्शन हुने

टोकियो

पहिलो दिनको कमाईमा रेकर्ड कायम गर्न सफल नेपाली चलचित्र कबड्डी ४, टोकियो सहित जापानको २० शहरहरुमा प्रदर्शन हुने भएको छ।

जेष्ठ १३ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र कबड्डी ४ आउँदो जुन ५ तारिख आइतबारका दिन प्रदर्शन हुन लागेको हो।

नेपालमा दर्शकहरूबाट राम्रो साथ पाइरहेको चलचित्र कबड्डी ४ लाई टोकियोको नाकानो जिरो हलमा प्रदर्शनको तयारी गरिएको छ। ‘हामीले जापानमै पहिलोपल्ट २० वटा शहरहरूमा प्रदर्शनको तयारी गरिसकेका छौं,’ जापानका युवा व्यवसायी तथा जापानका नेपाली चलचित्र वितरक सुभास लामिछानेले भने, ‘धेरैभन्दा धेरै जापानबासी नेपालीहरूले चलचित्र हेर्न पाउन् भन्ने हाम्रो सोच हो।’

जापानभरिका नेपाली दर्शकबाट राम्रो प्रतिक्रिया आएकोले आफूहरू निकै हौसिएको वितरक लामिछानेले बताए। नेपालमा राम्रा चलचित्र निर्माण भएमा जापानमा त्यसको आफूले सँधै प्रवर्द्धन गर्ने उनले बताए।

लामिछानेका अनुसार टोकियो सहित नागोया, ओसाका, कोबे, फुकुओका, ओकिनावा, तोचिगी, सीजुओका, क्योटो, सेन्दाई लगायत शहरहरूमा चलचित्र प्रदर्शनको तयारी गरिएको जानकारी दिएका छन ।

ताजा समाचार