क्यान्सरसग लडदा लडदै ३६ बर्षमा नै अस्ताईन ईशा थापा, थापाको शुक्रबार जापानमा नै अत्येष्टि गरिने 

टोकियो

क्यान्सरको उपचार गराई रहेका रुपन्देहि जिल्ला रुद्रपुर घर भएका ईशा थापाको उपचारका क्रममा विहिबार टोकियोमा मृत्यू भएको छ ।

एक छोरा र श्रीमान सहित टोकियोको कोईवामा बस्ने थापालाई एक हप्ता अघि स्वास्थ्यमा समस्या देखिएपछि हस्पिटल भर्ना गरिएको थियो ।


करिब ७ वर्षअघि श्रीमानको डिपेन्डेन भिषामा जापान आएकी थापाको पेटमा भएको क्यान्सारको कारण उपचारको क्रममा ३६ बर्षको उमेरमा मृत्यू भएको हो ।

लामो समय क्यान्सरसँग लडाई लडेकी थापा अन्तत क्यान्सरसग हारिन, थापाका नाबालक छोरा आमा विहिन हुन परेको छ ।

पारिवारिक श्रोतका अनुसार मृतक थापाको पार्थिव शरीरलाई शुक्रवार जापानमा नै अन्तिम संस्कार गरिने बताएका छ ।

ताजा समाचार