टोकियो
जापानमा कृयशिल संस्था स्याङजा समाज जापानले आउँदो मे २२ मा वृहत बिबिक्यु कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड-१९ का कारण विगत दुईवर्षदेखि ठुला कार्यक्रमहरु गर्न नसकेको र हाल कोरोना केहि मत्थर भएको मौका छोपेर कार्यक्रम गर्न लागेको आयोजकले यसअघि वताएको थियो।
जापानको नेपाली समुदायमा धेरै समयपछि हुन गईरहेको यो कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनु हुन अध्यक्ष धुर्व ज्ञवालीले सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदीवहिनीलाई अनुरोध गरेको छ ।
यस अघि कानागावामा तय गरिएको स्थान विविध कारणवश परिवर्तन गरि साईतामा केनको साईको दोमान ग्रीन पार्कमा हुन लागेको कार्यक्रम संयोजक चित्र गुरुङले जानकारी गराए ।