झापाको दमकमा एमालेको सुरूआती अग्रता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ। 

दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी राप्रापका राम थापाले ७९ मत प्राप्त गरेका छन् । थापालाई गठबन्धनले साथ दिएको छ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन् । उनलाई नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन्।  

ताजा समाचार