टोकियो
लामो प्रतिक्षा र पहल पश्चात मंगलबार (आजबाट) नयॅा भिषा प्राप्त गरेका विदेशी विद्यार्थी कामदार सहित ब्यवसायीलाई जापान प्रवेश गर्नका लागि जापानको सीमा खुल्ला गरेको छ ।
आजबाट जापान सरकारले स्कुल, कलेज तथा विभिन्न कम्पनीहरु पनि विद्यार्थी तथा कामदारहरुलाई प्रवेश दिने भएको हो । आजबाट भिसा प्रकृया सकिएका, जापानका स्विकार गर्ने संस्थाहरुले स्विकार गरेका विश्वभरका नवप्रवेशी विदेशीहरु जापान आउन सक्ने भएको छ ।
आजबाट सीमा सहज बनाउँदै यस महिनाबाट दैनिक ५००० जनासम्म यात्रुहरुको प्रवेश गराउने, क्वारेन्टिन अवधी ३ दिनमा झार्ने,यएरपोर्टबाट सार्वजनिक यातायात प्रयोग गर्न मिल्ने जस्ता यात्रा सहजीकरणको थालनी गरेको छ ।