एनआरएन जापानको कान्तो क्षेत्रिय समितिले शुरुवात गर्यो आफनो वेभसाईट

टोकियो

बदलिदो परिवेशसगै जापानमा बसोबास गर्ने नेपालीहरुलाई सहयोग पुर्याउने उदेष्य सहित एनआरएन जापानको कान्तो क्षेत्रिय समितिले शनिबारबाट वेभ पोर्टल शुरुवात गरेको छ ।

शनिबार कान्तो क्षेत्रिय समितिको आयोजनमा सम्पन्न भएको शुभराम्भ कार्यक्रममा एनआरएन जापानका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शिव प्रसाद पौडेल र कान्तो समितिका संयोजक दिपश खत्रीले शुरुवात गरेका हुन ।

शुभराम्काभ कार्यक्रममा संयोजक खत्रीले हात-हातमा सूचना पुगेको वर्तमान अवस्थामा हाम्रो काम र जापानबासि नेपालीलाई सहयोग पुर्याउन एनआरएन कान्तोले वेभसाईड संचालनमा लिएको जानकारी दिनुभयो ।

www.nrnakanto.com नाम दिएको वेभसाईटबाट धेरै भन्दा धेरै सहयोगि सूचना प्रवाहगरी सहयोग पुर्याउने लक्ष्य रहेको खत्रीले बताउनु भयो ।

कार्यक्रममा कान्तो क्षेत्रिय समितिका सचिव सागर कार्की, उप-संयोजक शैलेन्द्र खडाका, रमेश खत्री, एनआरएन जापानका पदाधिकारीहरु अन्य क्षेत्रीय संयोजकहरु लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://nrnakanto.com

यहाबाट पनि खोल्न सक्नुहुने छ ।

ताजा समाचार