सुजन जोशी
NRN जापानमा २००८ साल देखि चलि आएको जसको शक्तिउसकै भक्ती प्रथा लाई अन्त्य गरी बिधी बिधान अनुरुप स्वच्छ रप्रतिस्पर्धा मार्फत नया नेतृत्व चयन गर्ने अवसर पाईन्छ की भन्ने गतNRN को अधिबेशनमा भएका गलत कार्यहरुको भण्डाफोरले आशागराएको थियो ।
तर बिडम्बना नै भनौ, बिधी बिधानमा संस्था चलाउने भनीबिरोध गरिरहेको समुह नै बिधी बिधानको धज्जी उडाई अघि बढ्नेदुस्प्रयास भईरहेको छ । गलतलाई गलत भन्न गलत प्रक्रिया नैअपनाउने हो भने दुवै समुह बीचको अन्तर नै के रह्यो र ?
बिगत केहि समय देखी ICC का अग्रजहरुको जुङ्गाकोलडाईले गैह्र आवासिय नेपालीहरुको आस्था, भरोसा यस NRN संस्थाबाट हराउदै गएको आभाष सर्वत्र ब्याप्त छ । NRN जापानमा तअहिले मात्र होईन आगामी दशौ बर्ष नेतृत्वमा रहने गरि आम जापानवासी नेपालीले हेरि रहेका युवा वर्ग पनी गलत कार्यको मतियारबनिरहेका छन् भने भविष्यको NRN कस्तो होला ?
सुङ्गुरले आफु मात्र नभई आफु बस्ने ठाउ पनी फोहोर गरी, त्यहा जाने जो कोहिलाई फोहोर नै बनाई छाडदछ । समाजका केहिप्रतिष्ठित अग्रज, जो हरेक राजनैतिक पार्टीमा आवद्द पनि छन।त्यीनीहरु नै आफु अनुकुल, आफ्नो नियत अनुसारको समाज बनाई ,सम्पूर्ण समाजलाई फोहोर बनाउन तल्लिन भईरहेको यथार्थलाईनकार्न नसकिने अवस्था छ । हरेक संस्थामा जान दिलोज्ज्यान दिने रगएपछि जो कोहि फोहोरी खेल्न खेल्न बाध्य हुन्छन् या बनाईन्छन् ।
यस्तै नै चलिरहने हो भने समाजमा एकजुट भई रहन, जनसम्पर्क बढी भन्दा बढी बढाई नेपालीहरु माझ नजिक हुनमनपराउने नेपालीपनलाई घटाउदै लाने त कुरामा अब शंका रहेन।
हुनत एउटा समुह पहिले देखी नै संघ संस्थामा बढिरहेकोराजनितीकरण र राजनितीलाई गालि गर्दै बढिरहेको अराजक तत्वहरुदेखी टाढा बसीरहेका छन् । त्यसमा अधिकांश जापानका प्रतिस्थितकम्पनीहरुमा कार्यरत क्षमतावान जनशक्ती, जापानकाबिश्वबिध्यालयमा अध्यापनरत प्राज्ञिक व्यक्तित्वहरु, बिभिन्नव्यवसायिक व्यक्तित्वहरु छन् ।
सामाजिक संघ सस्था प्रती मौलाउदै गईरहेको बितृष्णा हटाउनेप्रयास अहिले सम्म कोहि कसैबाट भईरहेको छैन ।
जिल्ला गाउ टोलका स साना समुहहरुको अधिबेशन नजिकिदैजादा राजनैतिक दलका भातृ संगठन, NRN जस्ता अन्यसंघसस्थाका नेतृत्व दावेदारी गरिरहेका असम्वधित व्यक्तिहरु पनिसक्रिय भई दल, गुट, जात, क्षेत्रका आधारमा विभाजन ल्याउने, बिवादसिर्जना गराउने कार्यमा सक्रिय हुन्छन् ।
समाजलाई एकजुट गराउन भन्दा बिबाद खडा गरी बिभाजनगराउन तल्लिनहरुको नै बोलबाला अहिले बिभिन्न संघसस्थामा देख्नपाईन्छ ।
अहिले संघसंस्थामा सक्रिय अधिकांश व्यक्तिहरु आर्थिक, नैतिकरुपमा स्वच्छ नभएको भनि बारम्बार बिबादमा तानिरहदा पनीउनीहरुलाई केहि फरक पर्दैन । व्यक्तिगत पारिवारीक समस्याहरुपनि सामाजिक सञ्जाल मार्फत छिरल्लिरहेका हुन्छन् । सामाजिकव्यक्तीमा हुनु पर्ने नैतिकताको खडेरि नै परेको अबश्था छ ।
समाजमा बिज्ञको रुपमा आफ्नो छवि बनाउन चाहिरहेकाव्यक्तीहरुपनी आफु अनुकुल निती नियम बिधी बिधानको व्याख्यागरिदिन्छन् ।
अन्य अर्थ नलगाईयोस यति भन्दै गर्दा पनी सामाजिक संघसस्थामा सक्रिय व्यक्तीहरु सबैलाई नराम्रो भन्न खोजिएको पक्कैहोईन । केहि निस्वार्थरुपमा सामाजिक कार्यमा सक्रिय व्यक्तीहरुपनी हुनुहुन्छ उहाहरु सबैलाई साधुवाद छ ।आफ्नो काम, पारिवारिकसमयलाई थाती राख्दै परदेशमा नेपालीहरुको सेवा गरिरहेकाघरदेशमा पिडा हुदा निस्वार्थ मलम लगाउन अग्रसर सम्पूर्णहातहरुलाई सलाम छ ।
नेपाली समाजलाई ध्रुविकरणबाट जोगाउन घरदेशकोराजनैतिक किचलोले परदेशीहरुको मन मैलो नगराउन सुधारकोआबश्यकता छ ।
सुधार नैतिक आचरणमा,
सुधार आर्थिक पारदर्शितामा,
सुधार बिधी बिधान पालनामा,
सुधार पदको लागी नाङ्गै हिड्न तयार हुने सोचमा…….
सुझाव
sujanjoshi@outlook.co