टोकियो
जापानमा नयॅा बर्षको पहिलो हप्तामा नै आकंलन गरिए भन्दा बढीमा कोरोना पुष्टी भएपछि आपतकालको अवस्था आउन सक्ने अनुमान गरिएको छ ।
बुधबार टोकियोमा ३ सय ९० भन्दा बढीमा कोरोना पुष्ठी हुदा ओकिनावामा ६ सय २३ जनामा कोरोना देखिएको एनएचकेले जनाएको छ ।
जापान सरकारले लामो आपतकाल पछि नियन्त्रणमा आएको मानिएको कोरोना नयॅा बर्षसगै बढन शुरु गरेको हो । २०२१ अक्टुबर महिनाको तेश्रो हप्ताबाट टोकियोमा ३ सयबाट तल ओर्लिएको कोरोना सक्रमण २०२२ को शुरुवातमा नै ३ सय ९० पुगेपछि टोकियो महानगरले सुरक्षाका सबै उपाय सचेत भई लागु गर्न सबैमा अनुरोध गरेपनि कोरोना बढ्न शुरु भएको छ ।
टोकियो महानगरले कोरोनासग सचेत रहन आह्रवन गरेपनि आपतकालका बारेमा निर्णय भने भईसकेको छैन ।