टोकियोमा मंगलवार ४ जनामा ओमिक्रोन सहित ४६ जनामा कोरोना पुष्टी, ईवतेमा पनि देखियो ओमिक्रोन

टोकियो

जापानको राजधानी टोकियोमा मंगलवार थप ४ जनामा ओमिक्रोन पुष्टि भएको छभने ४६ जनामा एकैदिन कोरोना संक्रमण भएको छ ।

टोकियो महानगरले जनाए अनुसार,थप ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका मध्ये ३ जना कहाँबाट संक्रमण भए भन्ने पुष्टि नभएकाले समुदाय भित्रैबाट संक्रमित भएको आँकलन गरिएको छ ।

त्यसैगरी टोकियो महानगर भित्र यो हप्ता सबै भन्दा बढीमा कोरोना सक्रमण देखा परेको छ । विहिबार मात्र ४६ जनामा संक्रमण पुष्टी भएको हो ।

यसैविच कोरोना महामरीमा पनि जापानको ईवतेमा कोरोना नदेखिएको प्रान्तमा परेको थियो । तर ओमिक्रोन पोजिटिभ भने ईवातेमा पनि विहिवार १ जनामा पुष्टी भएको छ ।

जापान सरकारले नयॅा बर्षको आगमनसगै सतर्क र सचेत हुदै सामूहिक कार्यक्रममा सहभागि हुन सबैमा अनुरोध गरेको छ ।

ताजा समाचार