एनआरएन जापानमा पुन: निर्वाचनको माग गर्दै निर्वतमान समिति ब्यूताउने घोषण(विज्ञप्ती सहित)

टोकियो

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यसमितिको लागि भएको निर्वाचनमा धादली भएको भन्दैनिर्वतमान कार्यसमिति ब्यूताउने कावा अध्यक्ष अनिता गुरुङले घोषण गरेका छन ।

डिसेम्बर २४ तारिखमा प्रकाशित विज्ञप्तीमा निष्पक्ष निर्वाचन नभएसम्म निर्वतमान कार्यसमितिलाई नै ब्यूताउने दावि गरिएको छ ।२०१९-२०२१ को ३१ सदस्यिय कार्यसमिति मध्ये कावा अध्यक्ष अनिता गुरुङ सहित ६ पदाधिकारी सोहि समितिक ६ जना कार्यसमितिसदस्यको हस्ताक्षर रहेको विज्ञप्तीमा विश्वलाई नै दंग पार्नेगरी जापानको निर्वाचनमा धादली भएको, भारतको उडिसा लगायतकाठाउहरुबाट मतदान गरिएको एवं एनआरएन विधान विपरीत  विद्यार्थीले समेत मतदान गरेको लगायतका आरोपहरु लगाउदै पुन निर्वाचननभएसम्म निर्वतमान कार्यसमिति ब्यूताउन परेको दावि गरिएको छ । 

अनिता गुरुङ कावा अध्यक्ष समितिले एनआरएन जापानको निर्वाचन २०२१ जुलाईको २७ तारिख तय भएको गरेको थियो । घोषितमितिमा निर्वाचनमा मतदाता नामवलीहरुमा उजुरी परेपछि निर्वाचन मितिलाई जुलाई ३० तारिख सारिएको थियो । तिन सदस्यिय समितिबनाई ईमेल आईडि एवं जापान सरकारले जारी गरेको प्रमाण (जाहिरो कार्ड) प्रमाणित पछि कार्यसमितिले अन्तिम मतदाताको नामवलीप्रकाशन गर्दै ३० तारिखमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा कावा अध्यक्ष एवं अध्यक्षका प्रत्यासी रहेका अनिता गुरुङ सहितविज्ञप्तिमा हस्तक्षार गरेको सबै उम्मेदवारहरु पराजित भएका थिए । 

ओसाकामा सम्पन्न भएको एनआरएन जापानको अधिवेशनका लागि बनेको अध्यक्ष मन्डलले निर्वाचनमा धादली भएको भन्दै एनआरएनजापानका सस्थापक अध्यक्ष राजन प्रधानाङगको संयोजकत्वमा बनेको छानविन समितिले सार्वजानिक गरेको प्रतिवेदनमा तिन जनाकोनाम सहित निर्वाचन निष्पक्ष हुन नसकेको प्रतिवेदन बुझाएको थियो । 

समितिले बुझाएको प्रतिवेदनमा आईसिसिले निर्माण गरेको आएमएस प्रणाली माथि गम्भिर प्रश्न उठेपनि आईसिसिले आजको मितिसम्म नत जिम्मेवारी लिएको छ नत पनि कुनै प्रतिक्रिया दिएको छैन ।  

ताजा समाचार