जापानमा बुधबार एकैदिन १५ जनामा ओमिक्रोन संक्रमण भएको पुष्टी


टोकियो

डिसेम्बर ७ देखि १२ तारिखसम्म जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस ओमिक्रोन पोजेटिभ भएको जापान सरकारले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुषमा ओमिक्रोन पुष्टि भएको एनएचकेले जनाएको छ ।

जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइनमी गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । सक्रमित मध्ये तीन जनामा ​​खोकी र घाँटी दुखेको र पाँच जनामा ​​अन्य लक्षण देखिएको तथा अन्य सात जनामा ​​लक्षण नदेख़िएपनि संक्रमण पुष्टि भएको हो ।


संक्रमित एघार जनाले दुई पटक नै खोप लगाइएको एकजनाले खोप नलगाइएको र अन्य तीन जनाको बारेमा अनुसन्धान भैरहेको स्वास्थ्य मन्त्रलयले जानकारी दिएको छ ।


बुधबार एकैदिन १५ जनामा सक्रमण पुष्ठी भएसगै जापानमा कुल ३२ जनामा ​​ओमिक्रोन संक्रमित भएका छन । क्याबिनेट उप-मुख्य सचिव इसोजाकीले नयाँ संक्रमित व्यक्तिहरूको निरीक्षण गर्दै र चाँडै पत्ता लगाउन सबै प्रयासलाई तदारूपताका साथ लाग्ने बताएका छन ।

वर्षको अन्त्यका वार्षिक कार्यक्रमहरूका पार्टीहरू, क्रिसमस र नयाँ वर्षको बिदाहरूका कारण सामाजिक-आर्थिक गतिविधिहरू अझ बढी सक्रिय हुदा संक्रमणलाई झन फैलाउन सक्ने भएकोले मास्क राम्रोसँग लगाउन अनुरोध गर्दै थप सतर्कताका अपनाउन उहॅाले अनुरोध गर्नुभयो ।

ताजा समाचार