टोकियो
जापानको चिवा प्रान्तको चुचिउरा दाइकितामा बस्दै आउनु भएका म्याग्दी मालिका गा.पा.५ रुम निवासी ज्ञान पुनलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
करिब दुई महिना देखी कोरोना पोजेटिभ भई फोक्सोमा समस्या भएपछि थप उपचारका लागि हस्पिटल भर्ना हुनुभएको र अहिले टोक्यो वोमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको हस्पिटलमा उपचार गराइरहनु भयको छ l पहिला भन्दा क्रमिक रुपमा केही सुधार भयको र अझै सुधार गर्न बिभिन्न खालका उपचार बिधिहरु अपनाउनुपर्ने हुँदा उपचार अती खर्चिलो हुने सल्लाह डाक्टर बाट आएको भनी बिरामी ज्ञान पुनज्युको श्रीमती थानदेबी पुनज्यु सहयोग गरिदिन अपिल गरी मोना जापानलाई जानकारी गराउनु भयको हुँदा उहाहरुलाई पर्न गएको आर्थिक भारलाई केही हदसम्म सहायता मिलोस भन्ने उदस्यका साथ मोना जापानका उपाध्यक्ष हेम जुग्जाली मगर ज्युको संयोजक र कोषध्यक्ष ज्ञानेन्द्र कार्कि उप-संयोजकत्वमा मोना जापान र बिम समाज जापानको सयुक्त पहलमा चलाइयको सहयोग अभियान बाट उठेको कुल रकम ¥521,200 (#पाच #लाख #एकाइस #हजार #दुइसय #एन) बिरामी ज्ञान पुन ज्युको श्रीमती थानदेबी पुन ज्युलाई संघका अध्यक्ष सचिन श्रेष्ठज्यु, बरिष्ठ उपाध्यक्ष बिशाल केसिज्यु र अभियान संयोजक संघका उपाध्यक्ष तथा बिम समाज जापानका अध्यक्ष हेम जुग्जालीको उपस्थितीमा संकलन रकम हस्तातरण गरिएको हो ।
यस अभियानमा सहयोग गर्नुहुने जापानबासी सम्पूर्ण म्याग्देली गैर म्याग्देली नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा मोना जापान परिवार साथै बिम समाज जापान हार्दिक आभार तथा धन्यवाद ब्यक्त पनि गरेको छ ।