गोरखामा १५ किलो चरेससहित एक महिला पक्राउ

 गोरखामा लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन्। अजीरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको डिएसपी प्रकाश दाहालले जानकारी दिए।

बुधबार राती १:३० बजे बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा. २० च ९३३२ नम्बरको जीपमा चेकजाँच गर्दा महिलाले पहेँलो रङको बोराभित्र पोलिथिन प्लास्टिकको झोलामा लुकाइछिपाइ ल्याइएका सो परिमाणको चरेश फेला परेको डिएसपी दाहालले दिए। 

उनीविरुद्ध लागु औषध चरेस शीर्षकमा बिहीबार मुद्धा दर्ता गरी सात दिनको म्याद थप गरेको डिएसपी दाहालले बताए। गाडीमा सवार अन्य तीनजनाको भने प्रत्यक्ष संलग्नता नदेखिएकाले तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ।

सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार