निमा रुम्बा एण्ड ब्यान्डको विशेष लाइभ प्रस्तुतिमा तमु धीं जापानले २८औँ रोँधी साँझ आयोजना गर्ने

टोकियो । नेपालका चर्चित गायक निमा रुम्बा एण्ड ब्यान्ड को विशेष सांगीतिक कार्यक्रम “२८औँ रोँधी साँझ–२०२६ टोकियोमा आयोजना हुने भएको छ।

तमु धीं जापानको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा निमा रुम्बाले आफ्ना चर्चित गीतहरूसहित दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजक तमुधींले जानकारी दिएको छ। कार्यक्रम शिन्जुकुस्थित वार्प क्लब (WARP CLUB SHINJUKU) मा आगामी अगस्ट ९ आइतबार आयोजना हुनेछ।

आयोजकका अनुसार कार्यक्रम दिउँसो ४:०० बजे ढोका खुल्ने तथा ४:३० बजेदेखि साँझ ७:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा तमु समुदायका सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत रहनेछन्।

साधारण टिकट मुल्य ५ ००० येनVIP १०,००० येन निर्धारण गरिएको छभने अग्रिम टिकट लिएमा १ हजार एन कममा ४,००० येन, सगित निःशुल्क पेय पदार्थ (Complimentary Drink) समेत समावेश गरिएको आयोजकले जनाएको छ।

जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा सांगीतिक पारखीहरूलाई बिदाको व्यवस्थापन गरी आगामी ९ अगस्ट २०२६ मा आयोजित ‘२८औँ रोँधी साँझ–२०२६’ मा रूपमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन तथा सोही दिन अन्य कार्यक्रम नजुधाइदिन तमु धीं जापानका अध्यक्ष अमर तमुले अनुरोध गर्नुभएको छ।

ताजा समाचार