टोकियोमा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवशरमा सयुक्त नारी दिवश मनाईने

टोकियो । “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने मुल नाराका साथ ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा पनि विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

उक्त कार्यक्रमको संयुक्त आयोजना नेपाली राजदूतबास टोकियो जापान तथा गैर आवासीय नेपाली संघको आयोजना गरेका छन् भने सह–आयोजकका रूपमा साहित्यिक चौतारी जापान रहेको छ।

कार्यक्रममा नारी सम्मान, नारी सशक्तीकरणमा सहयोगि कार्यक्रम, सम्मान तथा समाजमा महिलाको भूमिकाबारे बारेमा बिबिध कार्यक्रम सहित साहित्यिक प्रस्तुती, सांस्कृतिक प्रस्तुति र समुदायस्तरका अनुभव आदान–प्रदानका कार्यक्रमहरु समावेश गरिएको एनआरएनए जापानका महिला उपाध्यक्ष अन्जु भन्डारीले जानकारी दिनुभयो ।

यस अवसरमा महिलाको स्वास्थ्य र सचेतनालाई प्राथमिकतामा राख्दै विभिन्न जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्, जसमा:

  • .स्तन क्यान्सर सम्बन्धी जानकारी – लक्षण, जोखिम तथा स्वास्थ्य बीमा सम्बन्धी परामर्श
  • .पाठेघरसम्बन्धी क्यान्सर, गर्भनिरोध तथा महिला स्वास्थ्य सम्बन्धी जानकारीमूलक सत्र
  • .अन्य सचेतनामूलक तथा सामाजिक कार्यक्रमहरू

विदेशी भूमिमा रहेर पनि नेपाली महिलाहरूको अधिकार, स्वास्थ्य, आत्मसम्मान र नेतृत्व क्षमताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं एनआरएनए जापानका महिला संयोजक मञ्जु गिरीले जानकारी दिनु भयो ।

जापानमा रहनुभएका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नारी दिवसको गरिमा बढाइदिन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रम स्थान

२०२६ मार्च ७ (शनिबार) दिउँसो १२:०० बजेदेखि मेगुरोस्थित 2 Chome-4-36, Meguro City, Tokyo 153-0063

ताजा समाचार