जापानको हस्पिटलमा उपचाररत गुरुङलाई तमुधीं जापानको आर्थिक सहयोग र थप उपचार बारेमा छलफल सम्पन्न(फोटो सहित।

टोकियो

काम गरिरहेको अवस्थामा अचनक बेहोस भई हस्पिटल भर्ना भएका चितवन माडी घर भई जापानको योकोहामा बस्ने बेसारी गुरुङको अवस्था बुझ्न तमुधीं जापानको एक टिम शुक्रबार हस्पिटल गई बिरामी गुरुङको अवस्थाको बारेमा जानकारी लिएको छ ।

डेढ बर्षअघि छोरालाई आफन्तको जिम्मा लगाई कामदार भिषामा जापान आएका गुरुङ एक बर्षको अवधिमा नै अचनक बेहोस भई गम्भिर अवस्थामा योकोहामाको हस्पिटलमा उपचार गराईरहेका छ । गुरुङको अवस्था बुझ्न एवं तमुधीं जापानले संकलन गरेको आर्थिक सहयोग हस्तान्तरण गर्न तमुधीं जापानका नवनिर्वाचित अध्यक्ष अमर गुरुङ, निवर्तमान अध्यक्ष हिमाली गुरुङको नेतृत्वमा शुक्रबार हस्पिटल गई हस्पिटल प्रसाशन एवं बिरामिसग उपचारका बारेमा छलफल गरेको हो । गुरुङलाई योकोहामा म्यूनिसिपल सिटिजन हस्पिटलको विशेष कक्षमा उपचार भईरहेको छ । गुरुङको होस आएपनि बोल्न नसक्ने र कुरा गर्न परे लेखेर देखाउने पर्ने अवस्थामा रहेको हिमाली गुरुङले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

तमुधीं जापानका अध्यक्ष अमर गुरुङ सहित निर्वतमान अध्यक्ष हिमाली गुरुङ पूर्व अध्यक्षहरु हर्क गुरुङ, श्री गुरुङ प्रविन गुरुङ, मिथुन गुरुङको उपस्थितिमा तमुधी जापान एवं शुभचिन्तकहरुबाट संकलन भएको करिब तिन लाख येन प्रदान गरिने भएको छ ।

तस्विर सौजन्य: तमुधीं जापान

ताजा समाचार