टोकियो
नेपाली बिद्यार्थी बादल छन्यालको छातीमा छुरा हानि हत्या भएको भन्दै चिवा निवासी ३२ बर्षिय आसाका मायुमीलाई पक्राउ गरेको जापानिज समाचार माध्यमले मंगलबार जानकारी दिएको छ ।
गएको ५ अक्टोबरमा मृतक बादल छन्याल र हत्या आरोपी जापानिज नागरिक ३२ बर्षिय आसाका मायुमीसगै होटेलमा बस्न गएका थिए । मायपमीले नै होटेलमासगै बस्न गएका बादलको मृत्यु भएको भन्दै होटलको रिसेप्सनमा फोनगरी प्रहरीलाई बोलाउन लगाएका थिए ।
प्रहरी होटेलमा पुग्दा नेपाली नागरिक २१ बर्षिय बादल छन्यालको शरिरमा छुरा प्रहार भएको, बादलको शरिरमा तिन चारवटा ठुलो घाउ अनुहारमा पनि चोट लागेको अवस्थामा बादललाई भेटेको प्रहरीले बादलका परिवारलाई जानकारी दिएको थियो ।
प्रहरीले सगै बसेको होटलबाट ३२ बर्षिय मायुमीलाई प्रारम्भिक सोधपुछ गर्दा ‘हामि प्रेमी भएको विविध कारणले विबाह गर्न नसकेको कारणले आत्महत्या गर्न गएको र बादलले आफैले छुरा प्रहार गरेको त्यो देखेर आफुले नसकेको’ बताएका थिए ।
प्रहरीले आरोपित मायुमीको भनाई र घटनास्थालको अवस्था मेल नखाएक भन्दै बिस्तृत छानविन गर्न आवस्यक रहेको भनि परिवारलाई पोष्टमार्टम रिपोर्ट पछि दिने बताएको थियो ।
मृतक बादल छन्यालको छाति लगायतको शरिरको बिभिन्न भागमा छुरा प्रहार भएको थियोभने जापानिज नागरिक आसाका मायुमीलाई होटेलमा सगै भेटिएको थियो ।
जापान प्रहरीले अनुसन्धन सकिए पछि अदालति कारबाहि अगाडी बढाउने जानकारी दिएको छ ।