तस्विर-उदय सुबेदी
टोकियो
कास्की पोखरा समाज जापानले आईतबार बधाई समारोहको आयोजनागरी नवनिर्वाचित NARNA जापानका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
NRNA आईसिसिका उपाध्यक्ष रोविन शेरचनको प्रमुख आतिथयतमा सम्पन्न बधाई समारोहमा एनआरएनए जापानका नवनिर्वाचित अध्यक्ष सुभास लामिछाने बोल्दै जापानमा बसोबास गर्ने नेपालीहरुको हितका लागि सबै संघसस्थासग हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रम कास्की पोखरा समाज जापानका अघ्यक्ष कमल बास्तोलाको अध्यक्षतामा महासचिव जिवन पोख्रेलको संचालन एवं स्वागत उपाध्यक्ष सरोज कार्कीले गर्नुभएको थियो ।


