टोकियो
मध्य अगष्टबाट जापानमा फेरी गर्मी बढ्ने सूचना जारी गरिएको छ ।

दक्षिण पश्चिम जापानमा अगष्टको शुरुवातबाट शुरु भएको भारी बर्षा पछि अत्याधिक गर्मि हुन सक्ने जानकारी दिदै जापानको मौषम विभागले यो हप्ता गर्मिबाट जोगिन सूचना जारी गरेको हो ।
जापानिज न्यूज एजेन्सी एनएचकेले दिएको समाचार अनुसार शुक्रबार उच्च वायुमण्डलका कारण जापानको क्युउसु एवं जापानको पश्चिम क्षेत्रमा गर्मी ३८ डिग्री पुग्ने अनुमान गर्दै हिटस्ट्रोक हुनबाट जोगिन अनुरोध सहितको सूचना जारी गरेको हो ।
शुक्रबार टोकियोमा ३५ डिग्री तामपक्रम हुने बताईएको छभने सबैभन्दा धेरै फुकुओका क्षेत्रमा ३८ डिग्री पुग्ने अनुमान गरिएको छ ।
त्यसैगरी अत्याधिक गर्मीबाट हुन सक्ने हिटस्ट्रोकबाट बच्न शितल स्थानमा बस्ने, पानि लगायतका तरल प्रदर्थ प्रस्तता पिउने एवं गर्मी समयमा घर बाहिरा कम निस्काने एवं घर बस्दा पनि पंखा वा एसि संचालन गर्न अनुरोध गरिएको छ ।
