टोकियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
प्रष्ट विचार राख्ने श्रेष्ठले विकृति र व्यथितिप्रति खरोरुपमा प्रस्तुत भइ सुधारका लागि कटिबद्ध रहने व्यक्तिकारुपमा परिचित छन् । संस्थालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने मेरो संकल्प अब अध्यक्ष पदको नेतृत्वबाट अझ प्रभावकारी रूपमा अघि बढ्नेछ,” श्रेष्ठले घोषण सभामा बताए ।

श्रेष्ठले आफू सधैं कामलाई प्राथमिकतामा राख्ने, बाचा होइन व्यवहारमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै सामाजिक अभियानमा दिएको समय, निरन्तरता र योगदानका आधारमा एनआरएनए जापानलाई अझ चुस्त, पारदर्शी र जिम्मेवार बनाउन नेतृत्व लिनुपर्छ भन्ने महशुस गरि उम्मेदवारी दिएको घोषणा गरेका छन् ।
श्रेष्ठ एनआरएनए जापानमा लामो समयदेखि विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका अनुभवी अभियन्ता हुन्। उनीले मानार्थ सदस्य, सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
श्रेष्ठको घोषण सभामा समर्थक र शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो ।
एनआरएनए जापानको १२ औं महाधिवेशन यही जुलाई २० तारिख आइतबार हुनेछ भने जुलाई २७ मा आगामी कार्यकालको लागि निर्वाचन तय गरिएको छ ।
