एनआरएनए जापानमा शुरु भयो चुनावी चहलपहल, कान्तो क्षेत्रिय कमिटीको ९ औँ अधिवेशन जुन २९ तारिख

टोकियो

गैरआवासीय नेपाली संघ जापानमा चुनावी चहलपहल शुरु भएको छ ।

एनआरएन जापानको सदस्यता बन्ने समय सिमा नजिकिदै गर्दा जापानको राजधानी टोकियो समेटिएको कान्तो क्षेत्रीय समितिको ९औ अधिवेशन आउँदो जुन २९ तारिख लाई तोकिएको छ।

कान्तो क्षेत्रीय समितिको २ बर्षे कार्यकालका लागि नयां कार्यसमिति चयन गर्नका जुन २९ तारिख सिनओकुबोस्थित सोलमारी मुराहलमा हुने भएको हो ।

यसैविच ९ औँ अधिवेशनको लागि आईसिसि सदस्य बिकास श्रेष्ठको संयोजकत्वमा बिजेश थकाली,शालिकराम भण्डारी, बाबुराम सापकोटा र हरि सापकोटा सहितको निर्वाचन समिति गठन गरि प्रक्रिया अगाडी बढाईएको छ। संयोजक एक सहित बिभिन्न १९ पदहरुमा उम्मेद्वारी शुल्क सहित निर्वाचन कार्यतालिका समेत निर्वाचन समितिले सूचना प्रकाशित गरिसकेको छ ।

ताजा समाचार