टोकियो
पर्वत समाज जापानको आयोजनामा टोकियोमा आज “नेपालमा साहसिक पर्यटनको सम्भावना र चुनौति” सम्वन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
विश्वका विभिन मुलुकले आ-आफ्नै विशेषता र मौलिक पहिचान वनाइ पर्यटन प्रवर्धन गरिरहेको अवस्थामा “साहसिक पर्यटन” हिमालयको देश नेपालको मौलिक पहिचान वन्न सक्ने सम्भावनालाई देखेर अन्तरक्रिया कार्यक्रम आयोजना गकिएको समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो ।
थाइल्याण्डको पर्यटन प्रवर्धनको आफ्नै छुट्टै पहिचान छ भने स्वीजरल्याण्ड, जापान , ग्रीस , इजिप्ट वा अफ्रिकाको आ-आफ्नै मौलिक पहिचान सहित पर्यटन प्रवर्धन गरिरहेका छन् । यसैगरी “साहसिक पर्यटन” नेपालको मौलिक पहिचान हुन सक्छ र “साहसिक पर्यटन”ले नेपालको पर्यटक प्रवर्धनमा महत्वपूर्ण योगदान दिन सक्छ ।
यसै सन्दर्भमा विश्वकै दोस्रो अग्लो वञ्जीजम्प अनि विश्वकै सवै भन्दा लामो र अग्लो मेगाट्रोल जस्ता साहसिक पर्यटकिय स्थल निर्माण गर्ने कुश्माको चर्चित “The Cliff” कंपनीका संचालकहरुको जापान भ्रमणको अवशरमा उहाको उपस्थितीमा “नेपालमा साहसिक पर्यटनको सम्भावना र चुनौति” सम्वन्धी अन्तरक्रिया आयोजना गरिएको हो । उहाहरुले आजको अन्तर्कियामा आफ्नो अनुभवहरु साटने उदेष्यले कार्यक्रम आयोजना गरिएको पर्वत समाजले जानकारी दिएको छ ।
कार्यक्रमको यस प्रकार हुने छ ।
आयोजक: पर्वत समाज जापान
समय: साँझ ६:३० बजे
स्थान: सोलमारी मुराहल, सिनओकुबो
मिति: २०२५ फेब्रुअरी २८, शुक्रबार