दक्षिण जापानमा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

टोकियो

दक्षिण जापानलाई केन्द्र बनाएर ६.९ म्याग्निच्युड मापन गरिएको भूकम्प गएको छ । भूकम्प पछि सुनामीको चेतवानी जारी गरिएको छ ।

जापानिज समाचार एजेन्सी एनएचकेले दिएको जानकारी अनुसार भूकम्प पछि दक्षिण पस्चिम जापानको बिभिन्न स्थानमा सुनामीको चेतावनी दिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९:१९ बजे गएको हो।

जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ।

स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।

ताजा समाचार