टोकियो
साहित्यिक चौतारी जापान शाखाको तेस्रो अधिवेशनबाट सरीता ढकालको नेतृत्वमा नयाँ कार्यसमितीको चयन गरेको हो ।
तेश्रो अधिवेशनले कार्यसमिति चयन सहित रचना वाचनका साथै सर्जक खेमराज ओझाको कृति “छोक्रा” को विमोचन पनि सम्पन्न भएको छ ।
कार्यसमितीको अध्यक्षमा सरीता ढकाल, उपाअध्यक्ष राजविन थापा, सह- उपाअध्यक्ष (महिला) सुजाता शर्मा, सचिवमा शारदा पाण्डे, सह-सचिवत्रयमा दिपेन्द्र पोखरेल, श्याम कृष्ण लामा, खेमराज ओझा, कोषअध्यक्षमा मन कुमारी अंगाई, सह-कोषअध्यक्ष दिया शाह रहेका छन् । त्यस्तै गरी कार्यसमितीका सदस्यहरूमा सोविता अधिकारी, पवित्रा गिरी, सरोज धमला, गीता बस्याल, कमला पुडासैनी, गोपिनी आचार्य, तारा खनाल र पम्फा पाण्डे अंगाई रहेको बताईएको छ।
अधिवेशनले संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष विन्दा पराजुली बराल र निवर्तमान अध्यक्ष अमरदेव बास्तोला संरक्षक रहने र त्यस्तै गरी डा• बलराम श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, अनिता गुरूङ, गृष्मा पौड्याल, धन बहादुर वि•क, प्रकाश के.सी, सुस्मा पोखरेल खरेल र राजेन्द्र जमरकट्टेललाई सल्लाहकार समितीमा चयन गरेको छ।


