टोकियो
जापानमा बढ्दो गर्मिले सोमबार नयां रेकर्ड कायम गर्ने अनुमान मौषम विभागले जनाएको छ ।
कान्तो क्षेत्रका केहि स्थान एवं तोकाई क्षेत्रका केहि स्थानमा ४० डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । गर्मी बढेसगै आद्रता अत्याधिक हुनेहुँदा हिटस्ट्रोकबाट बच्नका लागि अनुरोध गरेको छ । विभागले बाहिर ननिस्कने, र घरभित्र पनि वातानुकूलित गरेर बस्ने तथा पानी जन्य तरल पदार्थहरु प्रसस्त पिउन अनुरोध गरेका छन ।
सोमबार साइतामा प्रिफेक्चरको कुमागाया र कोफु सहर एवं सिजुओका प्रिफेक्चरको हामामाचु सहरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहने अनुमान गरिएको छभने टोकियोको हाचिवोजिमा उच्चगर्मी हुने अनुमान गरिएको छ ।
सोमबार जापानका अधिकांस स्थानहरुमा ३७ देखि ४० डिग्री सम्म तामक्रम पुग्न सक्ने अनुमान गरिएको छ ।