टोकियो
विश्व अर्थतन्त्रमा ठुलो सख्यामा कारोबार हुने शेयर मार्केटको बारेमा जानकारी दिने उदेष्य सहित टोकियोमा कार्यक्रम हुने भएको छ ।
जापानबाट संचालित सिटि एक्सप्रेसको आयोजनमा हुने शेयर मार्केटको कारोबार गर्ने तरिका लगानि गर्दा अपनाउनु पर्ने उपाय एवं शेयर मार्केटको सवल पक्षका बारेमा विज्ञसग अन्तरक्रिया सहित कार्यक्रमको आयोजना गरिएको सिटि एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार शेयर मार्केट वर्तमानमा सबैको चासो भएपनि लगानी गर्दाको जोखिम र त्यसको तयारीका बारेमा जानकारी दिन ओपल सेकुरिटिको सहयोगमा टोकियोमा पहिलो पटक सिनओकुबो स्थित सोलमारी हलमा कार्यक्रन गर्न लागिएको बताउनु भयो ।
शेयर मार्केट एवं सिप (SIP) लगानी बारेमा निशुल्क प्रवेशको ब्यवस्था गरिएको कार्यक्रम जुलाई २७ तारिक शनिबार दिनको २ बजेबाट शुरु हुने सिटी एक्सप्रेस जापानले जनाएको छ ।