जेएमई(JME) को सेवा मनिग्राम मार्फत संसार भर पैसा पठाउन सकिने

टोकियो

जापान मनि एक्सप्रेस(JME) कम्पनी लिमिटेडको सेवा मनिग्राम (इन्टरनेश्नल आइएनसी) मार्फत संसारभर सेवा प्रदान गर्ने सम्झौता भएको जानकारी दिएको छ ।

जेएमईका अनुसार मनिग्राम मार्फत विश्वका विभिन्न देशहरूमा रहेका व्यक्ति परिवारलाई जापानबाट विश्वका विभिन्न देशहरूमा पैसा पठाउन सहजहुने गरि साझेदारी सम्झौता भएको जानकारी दिएको हो ।

जेएमईले यसअघिबाट नै ग्राहक सदस्यहरूलाई जेएमई(JME) मोबाइल एप रजिष्ट्ररगरी एपबाट नै आफैले पैसा पठाउन सकिने व्यवस्था गरेको जेएमईले पैसा भुक्तानी गर्नको लागि LAWSON CARD को सेवा प्रारम्भ गरेको छभने मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवाहरूमा सेवाको स्तर र सुरक्षाहरुमा वृद्धि गरेको जानएको छ ।

जेएमई(JME) जापानमा रहेका नेपालीहरूद्वारा सञ्चालन गरिएको पहिलो विप्रेषण (Remittance) कम्पनी हो । जसले विगत १४ वर्ष देखि जापानबाट विश्वका विभिन्न देशहरुमा पैसा पठाउनको लागि सहजता प्रदान गर्दै आएको छ ।

हालसम्म जापान मनि एक्सप्रेस (Japan Money Express ‘JME’) ले मनिग्राम इन्टरनेश्नल आइएनसी (MoneyGram International, Inc. ://www.moneygram.com) लगायत विश्वका ११ अन्तर्राष्ट्रिय साझेदार बैंक तथा विप्रेषण कम्पनीहरुसँग रेमिटेन्स सम्बन्धी कार्य गर्दै आइरहेको छ । जसले गर्दा विश्वका १२ देशहरू (नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया, फिलिपिन्स, भियतनाम, दक्षिण कोरिया, म्यानमार र मंगोलिया) मा सहजै पैसा पठाउन सकिने छ ।

ताजा समाचार