टोकियो
कास्की-पोखरा घर भई विभिन्न संघ सस्थाको नेतृत्वमा निर्वाचित हुन सफल भएका विभिन्न ब्यक्तिहरुलाई आईतबार टोकियोमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्मानित हुनेहरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्षमा निर्वाचित संस्थाका संरक्षक रोविन शेरचन समाजका संरक्षक एवं पूर्व अध्यक्ष तथा गैरआवाशीय नेपाली संघ आईसीसी सदस्य विकास श्रेष्ठ, समाजका सल्लाहकार नेपाली जन प्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, समाजका संस्थापक सदस्य ब्रेज मेश्रों घान्द्रुक समाज जापानको अध्यक्ष युक्तमान गुरुङ लगाएतका रहेका छन ।
कार्यक्रममा एनआरएनएका नेपाल प्रब्रधन विभागका प्रमुख समेत रहेका उपाध्यक्ष रोविन शेरचनले आफूले नेपाल र नेपाली उत्पादनलाई विश्वलाई चिनाउने काममा लागी परेको बताउँदै सम्पूर्ण गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बतानुभयो ।
कार्यक्रममा समाजका सलाहकार तथा नेपाली जन प्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले कास्की पोखरा समाजले जापानको नेपाली समुदायमा राम्रो भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष मोहन घलेले जापानमा कास्की पोखरा समाज अरु संस्थाका लागि पनि उदाहरणीय रहेको भन्दै अझै राम्रो काम गर्न शुभकामना दिनुभयो ।
कास्की पोखरा समाजका अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा समाजले यस बर्ष आयोजना गर्ने विविध कार्यक्रमको बारेमा छलफल भएको थियो । सम्मान कार्यक्रममा सल्लाहकार बुद्दी गौचन, उपाध्यक्ष सुरेश लामिछाने, विशु भन्डारी र कमल बास्तोला, महासचिव सरोज कार्की लगायतका पदाधिकारीहरुले विभिन्न आगमी हुने कार्यक्रमको योजना, तयारीका बारेमा जानकारी दिएको कास्की समाज जापानका प्रवक्त कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
कास्की पोखरा समाज जापानले आगमी दिनहरुमा सागितिक कार्यक्रम, स्मारिका, बारबिक्यू(BBQ) जापानिज नागरिक लक्षित कार्यक्रमको तयारीमा जुटेको जानकारी दिएको छ ।