नेवाःहरूको संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले टोकियोमा सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो 

स्थापना भएको बिस वर्ष पुगेको भन्दै नेवाःहरूको संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापान(NIFJ)ले टोकियोमा विविध कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । 

संस्था स्थापनाको २० वर्ष पुरा भएको उपलक्ष्यमा यहि फेब्रुअरी १७ तारिक शनिवार टोकियो स्थित मेगुरो कुमिन सेन्टर हलमा नेपालबाट कलाकारहरु रोजमान महर्जन र निशा देसार जापान आईपुग्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा फोरमले प्रकाशन गर्ने स्मारिकाको बिमोचन, नेवाः समुदायबाट जापानको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूको सम्मान , स्थानीय कलाकारहरूको झाँकी र सांस्कृतिक नाचगान सहितको सांगितिक कार्यक्रम हुने सस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।

फोरमले जापानमा नेवाः चाडवाड मनाउने, आफ्नो कला सांस्कृतिक जोगाउँदै जापानिज सहित नयाँ पुस्तालाई आफ्नो सस्कृती चिनाउने, जापानलाई कर्म भूमि बनाएर बसोबास गरेका नेवाःहरूलाई एकिकृत गर्दै जाने प्रमुख उदेश्य सहित सन् २००३ मा यो संस्था जापानमा स्थापना भएको थियो । 

ताजा समाचार