बसन्त गौचन टोकियोमा सम्मानित

टोकियो

नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन आईतबार टोकियोमा सम्मानित भएका छन ।

फुटबल क्षेत्रमा नेपाली राष्ट्रिय टोलिमा रहदा देशको फुटबल खेल मार्फत योगदान दिएको भन्दै जापानको टोकियोमा क्रियासिल NYFC8848 फुटबल क्लबले सम्मान गरेको हो ।

क्लबको अध्यक्ष ओम काउछा मगरले बसन्त गौचन जस्ता प्रतिभालाई हामीले सम्मान गर्न पाउदा धेरै नै खुसि र हर्षित भएका छौ, उहाको अनुभव र कौशललाई नयां खेलाडीहरु माझ पुर्याउने योजना क्लबले लिएको जानकारी दिएका छन ।

नेपाली राष्ट्रिय टोलिका चर्चित खेलाडी रहेका बसन्त गौचन अहिले जापानको क्लबमा प्रर्शिक्षकको रुपमा कार्यरत रहेका छन ।

ताजा समाचार