टोकियो
जापानको ईसिकावा प्रिफेक्चरमा सोमबार सांझ ७.४ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ ।
जापानिज सरकारी संचार माध्यमका अणुसार जापानको ईसिकावामा ठुलो भूकम्प गएको जनाकारी दिएको हो । सोमबार सांझ ४ बजेर ४३ मिनेटमा भूकम्पको धक्का मापन गरिएको थियो । भूकम्पका कारण जापानको ईसिकावा सहित निगाता, फुकुई,यामागाता लगायतका क्षेत्रमा ३ मिटर सम्मको सुनामी आउने पनि जापानी संचार माध्यम एनएचकेला जनाएको छ।सो क्षेत्रमा रहेका सबैलाई सुरक्षित रहन पनि अपिल गरिएको छ ।