टोकियो
तमू धीं जापानको आयोजनमामा हुने २९औं ल्होसार साँझका लागि गायिका सविना गुरुङ एवं गुरुङ चलचित्रका कलाकार बल बहादुर गुरुङलाई शनिबार नारिता बिमानस्थलमा तमूधीं जापानका पदाधिकारीहरुले स्वागत गरेका छन ।
विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागतमा मनाईने गुरुङहरुको नयां बर्ष ल्होसार कार्यक्रम ४ जनवरी विहिबारको दिन दिउसो २ बजेबाट वेलुका ७ बजे सम्म ओन्सी पार्क उएनोमा आयोजन हुने भएको छ ।
नेपालबाट शनिबार बिहान नारिता बिमानस्थल आईपुगेका कलाकारहरुलाई ल्होसार कार्यक्रमका संयोजक अनिला गुरुङ उपाध्यक्षहरु अरमान गुरुङ, चित्र गुरुङ, तमूधी जापानका पूर्व अध्यक्ष श्रीगुरुङ,टेकन गुरुङ एवं तमूधी जापानका आगमी कार्यकालका अध्यक्ष हिमाली गुरुङले स्वागत गरेका थिए ।
यस बर्षक गुरुङ ल्होसारमा गुरुङ संस्कार र गुरुङ संस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औं तमु ल्होसार मनाईने आयोजक तमूधी जापानले जनाएको छ ।