सेवाग्राहीको बाक्लो उपस्थिती, नागोयामा ६ सय ६५ जनाले लिए सेवा
टोकियो
जापानस्थित नेपाली राजदूतावासले घुम्ती सेवा मार्फत नागोयामा आयोजना गरेको घुम्ती शिविरमा मार्फत ६ सय ६५ जना नेपालीले विभिन्न सेवा लिएका छन् ।
नेपाली राजदूतबास टोकियोले दिएको जानकारी अनुसार नागोया क्षेत्रकागरी करिब ५ सय ९७ जना मध्ये पासपोर्ट लिने र नविकरण गर्नेहरुको सख्या अत्यधिक रहेको थियो । घुम्ती शिविरबाट ५ सय ३१ जनाले पासपोर्टको सम्बन्धि सेवा लिएका थिएभने ६६ जनाले अन्य कन्सुलर सेवाहरु लिएका थिए ।
नागोयाको घुम्ती शिविरबाट नेपाल सरकारले ९६ लाख ८७ हजार रुपियाँ राजश्व संकलन गर्नएनआरएनएको तर्फबाट जापानमा घुम्ती सेवा कार्यक्रमका संयोजक एवम् उपाध्यक्ष सुवास लामिछानेले जानकारी, लामिछानेका अनुसार शिविरमा दूतावासका तर्फबाट प्रथम सचिव जितबहादुर कार्की, तृतीय सचिव ज्ञानहरि ज्ञवाली, फुकुओकाका वाणिज्य दूत दिपक देवकोटा र टेक्निसियन जापानिज नागरिक आबेसानको सहभागिता थियो ।
शिविरको शुरुवातका लागि जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, एनआरएन आईसिसिका सचिव पारशमणि पोख्रेल, एसिया प्यासेफिक सहसंयोजक दिपक कार्कि, आईसिसि सदस्य विण्णु घिमिरे,एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरे, उपाध्यक्ष कृष्ण गैरे, कोषाध्यक्ष दिपक सुनार, सह कोषाध्यक्ष रामबहादुर थापा र प्रवक्ता खगराज गौतम, नागोया क्षेत्रका संयोजक भेषनाथ गौतम, निवर्तमान सचिव श्यामशित्तल श्रेष्ठ, लगायतका विभिन्न संघ सस्थाका अध्यक्ष प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
आगमी दिनहरुमा घुम्ती शिविर जापानको फुकुओका, ओशाका, गुम्माकेन, ओकिनावा, फुकुसिमा, तोचिगी र हिरोसिमामा पनि आयोजना हुने दूतावासले जानकारी दिएको छ ।