टोकियो
कास्कि समाज जापानले जाजरकोटका भूकम्प पिडितहरुलाई बिभिन्न राहत सामग्रीहरु हस्तान्तरण गरेका छन ।
समाजले दिएको जानकारी अनुसार जाजरकोटका भूकम्प पिडितहरुलाई १ सय ८० पिस त्रिपाल १ सय ८० थान स्यानिटरि र ६ सेट पि फर्म खरिद गरि स्थानिय निकायको रहोबरमा बितरण गरिएको कास्कि पोखरा समाज जापा का अध्यक्ष संदेश अधिकारीले जानकारी दिनुभयो ।
“हामिले ठुलै सहयोग गर्न त सकेनौ तर पनि नेपाल दुख्दा हामिलाइ पनि बिझायो केहि गर्न प्रयास मात्र गर्यौ अधिकारीले भने थोरै भएपनि मलम लगाउने प्रयास गर्यौ ।
कार्तिक १७ गते नेपालको जाजरकोट रुकुम गएको भुकम्पमा धेरै जनधनको क्षति हुनुका साथै संरचनाहरू भत्किएका छन ।
कास्कि पोखरा समाजले यस दुखद घडीमा जापानमा रहनुभएका कस्केलीहरुले रकम संकलनगरी सहयोग गर्नुभएकोमा समाजाका तर्फबाट समाजका महासचिव सरोज कार्कीले आभार ब्यक्त गर्नु भएको छ ।