टोकियो
बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र जापानका विदेश सहायक मन्त्री फुमिजो टोलीबीच शुक्रबार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा पूर्वाधार र कृषीका क्षेत्रमा प्रदेश र स्थानीय तहसंग सहकार्यको सवालमा छलफल भएको नेपाली दूतबास टोकियोले जानकारी दिएको छ ।
बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल, बागमती प्रदेशका मुख्य सचेतक रत्न प्रसाद ढकाल, जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी, महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउॅपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीत बहादुर कार्की तथा नेपाली जनप्रगतीशिल मन्च, जापानका पूर्वअध्यक्ष हवल चन्द्र लामाको उपस्थिति रहेको थियो ।