टोकियो
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशनबाट पुन: अध्यक्षमा फुर्वा शेर्पाको अध्यक्षमा निर्वाचित गरेको छभने १३ सदस्य रहेको कार्यसमिति चयन गरेको छ ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा फोनिज जापानले “फोनिज आवाज” स्मारिकाको विमोचन गरेको छ ।
अधिवेशनले १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष ईन्द्र लामा,सचिवमा प्रमेश तमु ,सह-सचिव पुनम गुरुङ ,कोषाध्यक्ष राम तामाङ, सदस्यहरुमा म्हेन्दो तितुङ, पेम्बा शेर्पा, चन्द्र गुरुङ, गणेश थापा मगर ,श्यामहरि राई ,गणेश घिसिङ,अमर लामा र अनन्य गुरुङ रहेको छन ।