जापानका महेश श्रेष्ठले युकेबाट गरे अध्यक्ष पदमा उम्मेदवारी घोषणा 

लण्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए) आगमी कार्यकालका लागि जापानका महेश श्रेष्ठले  लोकतन्त्रको जननी भनेर चिनिने बेलायत(युके) बाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

आगमी अक्टोबर १७-१९ तारिख काठमाडौमा हुने विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष समेत रहेका श्रेष्ठले एनआरएनए अहिले निकैविषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भयो उहांलेविगतमा सहमतिको वतावरण बनाउन आफ्नो भूमिका अहम रहेको भन्दै सके सहमतिमा नभए प्रजातान्त्रिक अभ्यासमा भएपनि आफ्नोउम्मेदवारी रहेने जानकारी सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । 

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठलेबेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रजातन्त्रको जननी देश युकेबाट अध्यक्ष पदको घोषणा गर्न लन्डन आईपुगेको बताउनु भयो । 

उहाले काठमान्डौमा विस्तृत एजेन्डा र योजना सहित छिट्टै नै औपचारिक घोषणा गर्ने पनि जानकारी दिनु भयो ।

संघका महासचिव डा. केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदमपछाडी हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो पौडेलले सहमतिको आधारमा नयाँ नेतृत्वचुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडी बढाउन  सक्ने उम्मेदवार महेश श्रेष्ठ भएको भन्दै आफुले अध्यक्ष पदमा श्रेष्ठलाई समर्थनगर्ने घोषणा गर्नु भयो ।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीनजना अध्यक्ष भए पनि आफुहरुले संस्थाको मर्यादा जोगाएर काम गरीरहेको बताउनु भयो

। 

यसैगरी महासचिव पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी,  एनआरएनएको सचिव पदमाउम्मेदवारी घोषणा गरेका एनसीसी  पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतम,

एनआरएनएका उप महासचिवद्वय रामशरण सिम्खडा,  गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सेना, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्रभुसाल, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिनु भयो।

गैर आवासीय नेपाली संघको ग्लोबल सम्मेलन आउँदो अक्टोबर १७-१९ तारिख काठमाडौमा हुँदैछ ।

ताजा समाचार