उपचारका क्रममा बुटवलका मिना डम्परपालको टोकियोमा मृत्यु,शव नेपाल लगिने सहयोगको अपिल

टोकियो

नेपालको रुपन्देही बुटवल घर भई टोकियो ईताबासी बस्ने ४३ बर्षिया मिना डम्बारपालको उपचारको क्रममा मृत्यु हुन पुगेको छ ।

भाईरल ज्वरोको उपचार गराई रहेकी मिनाको स्वास्थामा सुधार भई हस्पिटलबाट घर लगिएको थियो । घर फर्किएको केहि दिनमा बेहोस भएपछि पुन हस्पिटल भर्ना गरिएको मिनाको उपाचारका क्रममा अगष्ट १६ तारिकमा उपाचारका क्रममा मृत्यु हुन पुगेको थियो ।

श्रीमान १४ बर्षका छोरा एव १२ बर्षका छोरी सगै टोकियोको ईताबासी बस्ने मिनाको शवलाई नेपाल लगिने भएको छ ।

सहयोगको अपिल

यसैविच नेपाल मगर संघ जापानले आफ्नो पूर्व कार्यसमिति उपाध्यक्ष गोबिन्द डम्बरपालका श्रीमतीको उपाचारको क्रममा मृत्यु भएको भन्दै आर्थिक सहयोगको अपिल गरेको छ । संघले विहीबार सूचना जारी गर्दै परिवारमा नसोचेको दुखद हुन पुगेको भन्दै परिवारको अनुरोधमा शवलाई नेपाल लैजाने चाहानलाई सहयोग पुर्याउन सहयोगको लागि अनुरोध गरेको जानकारी दिएको छ ।

ताजा समाचार