टोकियो
गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह-कोषाध्यक्ष पदमा जापानका ददिवल खड्काले उम्मेद्वारी घोषणा गरेका छन ।
निस्वार्थ सेवा, मेरो प्रतिबद्दता भन्ने नारा सहित आफुले यसअघि एनआरएनएमा रहेर गर्नुपर्ने काम र गर्नुपर्ने जिम्मेवारी निस्वार्थ र इमानदारी साथ पुरा गरेको भन्दै आईसीसी सहकोषध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको खडाकाले बताउनु भयो ।
जापानमा सफल कर्म बनाएका खड्का वर्तमान एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक कार्यरत रहेका छनभने सस्थालाई प्रभावकारी र गतिशिल बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको उहांले दावी गर्नु भएको छ ।
प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना अन्तर्राष्ट्रिय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष भएर विभिन्न सामाजिक काम गरिसक्नुभएका खड्का नेपाली व्यवसायी संघ(एनविए)जापानको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।
खड्का करिब ३३ वर्षदेखि जापानमा रियलस्टेट र रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनुभएको छ ।
एनआरएनएको आगामी अधिवेशन यहि अक्टुबर १७,१८ र १९ मा महाधिवेशन काठमानेडौ हुदैछ ।