एनआरएनए जापानमा निर्वाचित पर्बतेहरुलाई पर्वत समाजद्धारा बधाई ज्ञापान 

टोकियो 

गैर आवासीय नेपाली संघ(एनआरएनए) जापानको नयां (०२३-०२५) कार्यकालका लागि पर्वत जिल्ला घर भई बिजेता बनेका सबैलाईमंगलबार बधाई कार्यक्रमको आयोजनागरी सम्मान गरेको छ । 

गएको आईतबार सम्पन्न एनआरएनए जापानको अधिवेसनबाट उपाध्यक्ष पदमा पर्वत समाज जापानका अध्यक्ष सुभास लामिछानेलेलोकप्रिय मत सहित विजयी भएका थिएभने युवा संयोजकमा पर्वत समाज जापानका उपाध्यक्ष मुक्तिराज रेग्मी निर्विरोध निर्वाचितभएका थिए । 

त्यसैगरी समाजका सदस्य अर्जुन तिवारी कान्तो क्षेत्रको उपसंयोजक, कोषध्यक्ष विमल न्यौपाने एनआरएनए चिवा क्षेत्रिय समितिकोसहकोषध्यक्ष एवं सचिव राजेन्द्र शर्मा चिवा क्षेत्रको सदस्यमा निर्वाचित भएकोमा बधाई सहित सफल कार्यकालको शुभकामना कार्यक्रमसम्पन्न भएको महासचिव राम बास्तोलले जानकारी दिनुभयो । 

एनआरएन जापानको नयां कार्यकालको चयन आईतबार अनलाईन मतदानबाट सम्पन्न भएको हो भने कान्तो क्षेत्र र चिवा क्षेत्रको क्षेत्रियसमिति सर्वसम्मत चयन भएको हो ।

गैरआवसीय नेपाल संघ(एनआरएन) को वर्तमान केन्द्रिय समितिको उपाध्यक्षमा महेश श्रेष्ठ एव उपमहासचिवमा ओम गुरुङ कार्यरत रहेको छन । आगमि कार्यकालका लागि उपाध्यक्ष श्रेष्ठले अध्यक्ष र गुरुङले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन ।

ताजा समाचार