एनआरएनए जापानमा निर्विरोध भएका उम्मेदवार भन्डारी, पाण्डे र केसी

टोकियो

गैर आवासीय नेपाली संघ जापानमा ३२ पदमा ६२ जनाको उम्मेदवारी परेपनि तिन पदमा भने एकल उम्मेदवारी परेपछि तिन उम्मेदवार निर्विरोध हुन सफल भएका छन ।

वर्तमान कार्यसमितिमा महिला संयोजक अन्जु भन्डारी सहकोषध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध हुन पुगेका हुन । त्यसैगरी कार्यसमितिको सदस्य रहेका चन्द्र केसी अधिकारी र हेमा पाण्डे पनि महिला सचिव र महिला संयोजकमा निर्विरोध हुन पुगेका छन ।

तिन महिलाले नेतृत्व गर्ने पदमा एकल उम्मेदवारी पनि महिला उपाध्यक्षमा २ जना एवं महिला सदस्यमा पनि २ जनाको उम्मेदवारी परेपछि ति दुई पदमा निर्वाचन हुनेछ ।

निर्वाचन समितिले जारी गरेको तालिका अनुसार भोलि राति ११ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको हुदा अन्य पदहरुमा सहमति बन्न सक्ने अनुमान पनि गरिएको छ ।

भोलि निर्वाचन समितिले अन्तिम उम्मेदवारहरुको नाम प्रकासित गर्ने छ ।

ताजा समाचार