टोकियो
जापानको टोकियोमा सोमबार नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) का जीवन संगिनी स्वर्गीय सिता दाहालको १३ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम भएको छ ।
नेपाली जनप्रगतिशिल मञ्च जापनको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
जापान भ्रमण रहनु भएका भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जापानका लागि नेपाला राजदूत डा. दुर्गा बहादुर सुबेदी, एनआरएन आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, रोविन्द्र श्रेष्ठ, उपमहासचिव ज्ञ गुरुङ एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल लगायतका उपस्थित रहेको थियो ।
दाहालको ६९ औं बर्षको उमेरमा निधन भएको हो भने १३ औ दिनको पुण्य तिथि पारेर टोकियोमा पनि श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।