एनआरएन सबैको साझा संस्था बनाउने दावि सहित संगिता अधिकारीले दिए अध्यक्ष पदमा उम्मेदवारी


२९ बुदां सहितको प्रतिबद्दता 

टोकियो 

गैर-आवासीय नेपाली संघ(एनआरएन) जापानको आगामी कार्यकालका लागि एनआरएनए सबैको साझा सस्था बनाउने उदघोष सहित संगिता अधिकारी सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । 

विहिबार टोकियोमा आयोजित घोषण सभामा अधिकारीले गैरआवासीय नेपाली संघ जापानको नेतृत्वमा दावी प्रस्तुत गर्दै आगामीकार्यकालमा २९ बुदाको प्रतिबद्दता पत्र सार्वजानिक गर्दै विद्यार्थी देखि ब्यवसायी सम्म कुक देखि जापानमा बस्ने आमा बुबा सम्म त्यस्तै नेपालीघर देखि आपतकालि कोष सम्मको योजनाहरुलाई समेटी प्रतिबद्दता प्रस्तुत गरेका थिए । 

घोषणा कार्यक्रममा पत्रकारहरुको प्रश्नको उत्तर दिदै अधिकारीले आफु सहमतिको बाधक नभएको तर आफ्नो प्रतिद्वंदी कोहि नभईआफु नै भएको बताए ।

करिब दुई घन्टा संचालन भएको घोषणा सभामा जापानमा क्रियासिल संघ सस्थाको अध्यक्षहरु, विभिन्न पदका उम्मेदवारहरु, अधिकारीका शुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको थियो ।

 

अधिकारी यस भन्दा अधिल्लो कार्यकालमा कार्यसमिति सदस्य महिला संयोजक सहित वर्तमान कार्यसमितीको उपाध्यक्षको जिम्मेवारी निभईसकेका छन । 

एनआरएन जापानको अधिवेशन २९ र ३० तारिक हुने छ । 

ताजा समाचार