टोकियो
जापानका यामागुची प्रान्तको ईमाजु नदिमा पौडि खेल्ने क्रममा दुई नेपाली युवाको डुबेर मृत्यु भएको यामागुची टेलिभिजनले जानकारी दिएको छ ।
चार जना साथिहरु सगै पौडि खेल्न गएको मध्ये दुई जना पौडि खेल्ने क्रममा बेपत्ता हुन पुगेको समाचारमा जनाएको छ ।
ईमाजु नदिमा पोडि खेल्ने क्रममा ४ बजेबाट ५ तिस बजेविचमा दुई जना बेपत्ता भएकोमा खबर पाएपछि सुरक्षाकर्मिले उद्दारगरि बाहिर निकाल्दा बेहोसीमा भेट्टिएको दुबैको मृत्यु हुन पुगेको बताईएको छ । पौडि खेल्न गएका नेपालीहरुको परिचय खुलाईएको छैन ।