टोकियो
तमूधीं जापानको आयोजनामा अगष्ट १३ मा आयोजना हुने २५ औ रोधीं सांझको तयारीलाई तिब्र पारिएको आयोजक तमूधी जापानले जानकारी दिएको छ ।
वार्षिक कार्यक्रम अन्तरगत तमूधी जापानले आयोजना गर्ने रोधी सांझ आयोजनाको २५ बर्ष पुगेको भन्दै यस बर्षको कार्यक्रमलाई भब्य बनाउन बिभिन्न समितिहरुबनाई तयारी तिब्र बनाईएको तमूधी जापानका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।


गुरुङले दिएको जानकारी अनुसार यस बर्षको २५ औ रोधी सांझमा चर्चित ब्यान्ड लेकालीलाई जापान बोलाउने तयारी सहित भिषाप्रोसेस भईसकेको बताउनु भयो ।
आईतबार ओकुबु स्थित पाराडाईज रेष्टुरेन्टमा सम्पन्न तमूधी जापानको बैठकले रोधीं सांझको तयारीलाई सहयोग पुर्याउन संरक्षक श्रीगुरूङ को संयोजकत्वमा उपाध्यक्ष चित्र गुरूङ,महासचिव खेम गुरूङ ,सचिव विनय गुरूङ रहेको प्रचार प्रसार समिति,सल्लाहकार बिष्टगुरूङ संयोजकत्वमा सह-संयोजकः-उपाध्यक्ष अनिला गुरूङ ,सदस्यः-कार्यसमिति सदस्य कुल गुरूङ
आर्थिक समिति,कोषाध्यक्ष मिथुन गुरूङ को संयोजकत्वमा सह-कोषाध्यक्ष टम गुरूङ रहेको टिकट ब्यवस्थापन समिति, मञ्चब्यावस्थापन तथा सजावट समितिमा संरक्षक हर्क गुरूङ संयोजक एव सल्लाहकार युक्तमान गुरूङ ,उपाध्यक्ष अरमन गुरूङ, संरक्षकयम गुरूङ रहेको समिति बनेको छ । त्यसैगरी अतिथि सत्कार समितिको संयोजकत्वमा सल्लाहकार ईश्वर गुरूङ सल्लहकार ओम गुरूङ सल्हिलाहकार हिमालीगुरूङ ,उपाध्यक्ष सोममाया गुरूङ र अनिला गुरूङ रहेका छन, स्वयंसेवक उप-समिति
संयोजक उपाध्यक्ष लिल गुरूङ(नमस्ते) सदस्य कुल गुरूङ ,मुकेश गुरूङ,बुद्ध गुरूङ,दिनेश गुरूङ,मान गुरूङ,अमर गुरूङ,टेकन गुरूङ,ओम संगी गुरूङ रहेका छन ।

बैठकमा कोषाध्यक्ष मिथुन गुरूङको परिवारमा पुत्र लाभ भएको उपालक्ष्यमा तमू धीं जापानको तर्फबाट बधाई तथाशुभकामना प्रदान गरियोको थियो ।
तमूधी जापानको आयोजनामा गुरुङहरुको सास्कृतिक पर्व रोधी सांझ यस बर्षको संयोजक उपाध्यक्ष जिवन गुरुङ रहेका छनभने १३ अगष्ट आईतबार सिन्जुकु वार्प क्लबमा गरिने भएकोछ ।