एनआरएनए जापानको अध्यक्ष पदमा नविन न्यूउरेको उमेद्वारी घोषणा,नेपाल हाउस सहित शिव मन्दिर निर्माण गरिने

टोकियो

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष नबिन निउरेले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

स-परिवार सहित अध्यक्ष पदको घोषणा सभामा उपस्थित भएका न्यूउरेले ८ बुंदा सहित ४ भागमा ८ पेजमा समाबेस गरिएका शिर्षकहरु सहितको आफ्नो योजनाहरु आईतबार टोकियोमा पत्रकार सम्मेलनको आयोजनागरी प्रस्तुत गरेका थिए ।

निउरेले ८ बुंदे घोषणापत्रमा जापानमा नेपाली समुदयका लागि बहुद्देश्यीय नेपाल हाउस निर्माण गरिने एवं नेपाली समुदयका लागि शिव मन्दिर निर्माण गरिने योजना रहेका जानकारी दिएका थिए ।

न्यूउरेले वर्तमान कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिदै सस्थाको संचालन ब्यक्तिको नभई विधिले गरिने घोषणा पत्रमा उल्लेख गरेका छन ।

सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय न्यूउरे २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै वर्तमान एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष पदमा क्रियासिल रहेका छन ।

अध्यक्ष पदका लागि उपध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष संगिता अधिकारी र महासचिव सिद्दार्थ श्रेष्ठ अध्यक्षका लागि आकांक्षी देखिएका छन् । तर उनीहरुले अहिले सम्म आधिकारीक रुपमा उमेद्ववारी घोषणा भने गरिसकेका छैनन् ।

एनआरएनए जापानको ११ औं महाधिबेशन जुलाई २९ तारिख योकोहामा सम्पन्न गर्ने मिति तय गरिएको छ ।

ताजा समाचार