टोकियो
नेपालको रुकुम जिल्ला महत ठेगाना भएका ३४ बर्षिय युवा अमृत बुढाको जापानको ईबाराकी प्रान्तको चुकुवा स्थित आफ्नो कोठामा मृत अवस्थामा फेला परेका छन ।
जापानिज भाषा बिद्यार्थी भिषामा जापान आई अध्ययन सकेका अमृत बुढाले जापानिज कम्पनीमा फुल टाईम (स्याईन) भई काम शुरु गरेका थिए । जापानको इबाराकीको चुकुवा सिटी कानामेमा बस्ने बुढा यहि मे २ तारिकदेखि कम्पनीको काममा नगएका र कम्पनीले कोठामा आई खोज तलास गरी हेर्दा बुढा आफ्नो कोठा भित्र मृत भेटिएको एनआरएन जापानका वरिष्ट उपाध्यक्ष नविन न्युउरेले जानकारी दिएका छन । मृत अवस्थामा फेला परेको बुढाको शव केहि गलेको अवस्थामा भेटिएको जापान प्रहरीले जानकारी दिएको छ ।
प्रहारीका अनुसार बुढाको मृत्यु हुनुको कारण छानविनको अवस्थामा नै रहेको बताएको छ । बुढाको शवलाई यहि महिनाको २२ तारिक जापानमा नै अन्तेष्टी गरिने भएको छ ।