तमूधीं जापानको आयोजनामा यो बर्षको रोधीं सांझ अगष्ट १३ मा आयोजना गरिने

टोकियो

तमूधीं जापानले विगत २५ बर्ष देखि जापानमा आयोजना गर्दै आईरहेको गुरुङ समुदयमा प्रचलित सास्कृतिक पर्व रोधींलाई निरंतरता दिने उदेष्यले यो बर्ष अगामी अगष्ट १३ तारिक २५ औ रोधीं सांझ आयोजना गर्ने भएको छ ।

रजत बर्ष प्रवेश गरेको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपध्यक्ष जिवन गुरुङको संयोजकत्वमा समिति बनाई तयारी तिब्र पारिएको छ । संयोजक गुरुङका अनुसार नेपालबाट कलाकार समावेशगरी यस बर्षको रोधीं सॅाझ यो बर्ष पनि गुरुङ सस्कृतीको सांस्कृतिक प्रस्तुतीहरु सहित आयोजना गरिने जानकारी दिएका छन ।

गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने, तमुधीं जापानको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराउनु भयो । गुरुङका अनुसार रोधीं सांझबाट संकलन गरिएको रकम नेपालमा तमू सांस्कृतिक प्रतिष्ठानले संयोजन गरेको गुरुङ जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्री प्रदान गरिने बताए ।

रोधीं सांझ आयोजनाले रजत जयन्ती पुगेको अवशरमा धीले यस बर्ष भब्यता पूर्वक मनाउन सल्लाहकार संरक्षक ओम गुरुङ, ईश्वर गुरुङ, विष्ट गुरुङ, अमर गुरुङको सहयोगमा सम्पन्गव र्ने तयारी रहेको तमूधीं जापानले जनाएको छ ।

आयोजनाको २५ बर्ष पुगेको एवं गुरुङहरुको ऐतिहासिक सास्कृतिक पर्वलाई भब्यतापूर्वक सम्पन्न गर्न सम्पूर्ण जापानवासी दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि धीं जापानले हार्दिक अनुरोध गरेको छ ।

ताजा समाचार