टोकियो
चितवन समाज जापानको चौथो अधिवेशनले ईश्वरी कँडेलको अध्यक्षमा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
चितवनबाट जापान आई रोजगार, व्यवसाय तथा अध्ययन लगायत बिभिन्न पेशागरी जापानलाई कर्मथलो बनाएका चितवन समाज जापानको चौथो अधिवेशनले कँडेलको नेतृत्वमा सर्वसहमतीमा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्ष प्रदिप खरेल,राम खरेल र अनिल पौडेल,महासचिवमा कविकिरण न्यौपाने,सचिवमा अनुपराज कँडेल,कोषाध्यक्षमा धिरण कँडेल,सह-कोषाध्यक्षमा मनिषा प्रधान चयन भएका छन् ।
त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा,बिरेन्द्र सापकोटा,बिनोद कुमार सापकोटा,युवराज ढकाल,विवश कँडेल(महेन्द्र),विमल कँडेल,लक्ष्मण गैरे,अमित सापकोटा र बिनोद कुमाललाई चयन गरिएको छ।