ब्रेक्रिङ न्यूजः- बम बिस्फोटनमा प्रधानमन्त्री किसिदा सुरक्षित, ब्यवसायमा अवरोध गरेको भन्दै बम बिस्फोटन गरिएको अनुमान

टोकियो

जापानको वाकायामा प्रिफेक्चरको वाकायामा शहरमा आज विहान भएको बम बिस्फोटनमा जापानका प्रधानमन्त्री किसिदा फुमियो सुरक्षित रहेको जापान सरकारले जानकारी दिएको छ ।

शनिबार विहान ११ः३० बजे वाकायामा शहरको साइगासाकी माछा मार्ने बन्दरगाहको निरीक्षण गरी रहेका बेला बम बिस्फोटन भएको थियो । बम बिस्फोटन भएको स्थान आज प्रधानमन्री किसिदाले सम्बोधन गर्ने स्थान नजिक रहेको एनएचकेले जनाएको छ ।

प्रधानमन्त्री किसिदा सुरक्षित रहेको एनएचकेले जनाएको छ । बम बिस्फोटन बन्दरगाहमा ब्यवसाय गर्नेले आफ्नो ब्यवसायलाई बाधा पुर्याएका कारण गरिएको बताईए पनि आधिकारीक जानकारी अझै स्पष्ट नभएको एनएचकेले जनाएको छ ।

समाचार अनुसार सुरक्षा एजेन्सीहरुले घटनाको छानविन भईरहेको केहिलाई पक्राउ गरिएको जनाएको छ ।

ताजा समाचार